सन्दीप ऐतिहासिक एक सय विकेट नजिक

 माघ ८, २०७६ बुधबार १०:४२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेको टिम मेलर्बन स्टार्सले बुधबार एडिलेड स्ट्राइकर्ससँग खेल्दैछ । बुधबारको खेलमा पनि सन्दीप खेल्ने प्रबल सम्भावना रहेको छ ।

जारी लिगमा सन्तोषजनक प्रदर्शन गरिरहेका सन्दीपले ११ खेलमा १४ विकेट लिइसकेका छन् । यदी उनले एडिलेडविरुद्धकाे खेलमा दुई विकेट लिएमा टी–२० मा विकेटको शतक बनाउने छन् । उनले टी–२० मा अहिलेसम्म ९८ विकेट लिइसकेका छन् ।

सन्दीपपछि वसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका छन् । क्रिकेटबाट सन्न्यास लिइ सकेका शक्ति गौचनले ३१ टी–२० खेलमा ३२ विकेट लिएका छन् । तीव्र गतिका बलर करण केसीले २७ टी–२० खेलमा ३३ र सोमपाल कामीले ३३ खेलमा ३० विकेट लिएका छन् ।

सन् २०१६ मा हङकङ टी–२० ब्लिट्जबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा अघि बढेका सन्दीपले इन्डियन प्रिमियर लिग हुँदै बिग ब्यास लिग सम्म उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन् ।

विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दीपले टी–२० मा ७२ खेलमा एक हजार आठ सय १७ रन खर्चिएर ९८ विकेट लिएका हुन् । उनको उत्कृष्ट बलिङ फिगर १० रनमा चार विकेट रहेको छ ।

१८ दशमलव ५३ को बलिङ औसत रहेको सन्दीपकाे फ्रेन्चाइजी लिगमा भने ७ दशलमव ६ को औसत रहेकाे छ । जसमा उनको १५ दशमलव ८ को स्ट्राइक रेट रहेको छ । यो क्रममा सन्दीपले दुई पटक चार विकेट लिएका छन् ।

सन्दीपले फ्रेन्चाइजी लिगको पहिलो खेलमा दिल्लीबाट खेल्दै राेयल च्यालेन्जर्सविरुद्ध २५ रन दिएर एक विकेट लिएका थिए । त्याे सिजनकाे इण्डियन प्रिमियर लिग (आईपीएल) मा उनले तीन खेलमा पाँच विकेट लिएका थिए ।

त्यस्तै सन् २०१८ मै उनले ग्लोबल टी–२० क्रिकेट पनि खेले, जसमा उनले पाँच खेलमा आठ विकेट लिए । सन् २०१८ के सेप्टेम्बरमा सन्दीपले पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिग खेले ।

विश्वका सात वटा फ्रेन्चाइजी लिग खेलेका सन्दीपले सबै प्रतियोगितामा सफल बलिङ गरेका छन ।

यस्तो छ सन्दिपको बलिङ–

२०१८ इण्डियन प्रिमियर लिग : ३ खेल, ५ विकेट

२०१८ क्यारेबिन प्रिमियर लिग : ५ खेल, ७ विकेट

२०१८ अफगानिस्तान प्रिमियर लिग : १ खेल, २ विकेट

२०१८/१९ बिग ब्याश लिग : ८ खेल, ११ विकेट

२०१८/१९ बङ्गलादेश प्रिमियर लिग : ६ खेल, ४ विकेट

२०१९ पाकिस्तान सुपर लिग : ७ खेल, ११ विकेट

२०१९ इण्डियन प्रिमियर लिग : ६ खेल, ८ विकेट

२०१९ क्यारेबियन प्रिमियर लिग : ६ खेल, ८ विकेट

२०२० बिग ब्याश लिग : ११ खेल, १४ विकेट (जारी)

नेपाली राष्ट्रिय टिम : १८ खेल, २८ विकेट

अब सन्दीपको नजर एडिलेडविरुद्धकाे खेलमा हुनेछ । यसअघि सिड्नी सिक्सर्सविरुद्ध दुई विकेट लिएका सन्दीपको टिम मेलबर्न भने पराजित भएको थियो । जारी लिगमा मेलबर्नकाे दोस्रो हार हाे । मेलबर्नको १२ खेलमा २० अङ्क रहेको छ । जसमा उसले १० मा जित र दुईमा हार ब्यहाेरेकाे छ ।

लिगको तेस्रो स्थानमा रहेको एडिलेडले ११ खेलमा ६ मा जित र चारमा हारका साथ १३ अङ्क जाेडेकाे छ । 

मेलबर्नले एडिलेडविरुद्ध सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा सन्दीपको नाम अटाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया