सुनकाे भाउ ताेलामा पाँच सय रुपैयाँले घट्याे

 माघ ८, २०७६ बुधबार १०:५७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केही दिन यता उतारचढाव भइरहेको सुनचाँदीको भाउ बुधबार घटेको छ । 

सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ७४ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

मङ्गलबार तीन सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको थियो । 

यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया