बाबुराम भट्टराई र अशोक राईलाई नेकपा अध्यक्ष दाहालको आग्रह : निरीह भएर नबस्नोस्, नेकपा प्रवेश गर्नुहोस् !

 माघ ८, २०७६ बुधबार २०:९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आग्रह गर्नुभएको छ । 

बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन आग्रह गर्नुभएको हो । उहाँले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफूहरुसँगै नेकपमा आउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘आशोक राई, बाबुराम भट्टराई त्यहाँ निरीह भएर बस्नुपरेको अवस्था छ ।  अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भने अब धेरै झमेला नगर्नुहोस् । यहीँ मिल्नै आए बरु राम्रो हुन्छ ।’

अध्यक्ष प्रचण्डले देशलाई सबैमिलेर स्थीरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलग-अलग चुलो चौका लगाएर नहुने समेत बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको निम्ती समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताउँदै पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभयो । उहाँले अन्य पार्टीहरु नामका निम्ति मात्र खडा गरिएका पार्टी मात्र भएकोसमेत बताउनुभयो ।

अध्यक्ष प्रचण्डले केही महिनायता विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरुलाई धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय रहे पनि आफ्नै निवासमा कार्यक्रम गरी पार्टी प्रवेश गराउँदै आउनुभएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया