सङ्गठनभित्र भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छाेडिँदैन : सशस्त्र प्रहरी प्रमुख खनाल

 माघ ९, २०७६ बिहिबार १४:२९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – सशस्त्र प्रहरी बलका प्रमुख (आईजीपी) शैलेन्द्र खनालले सङ्गठनभित्र नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताउनु भएको छ ।

१९औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खनालले सङ्गठनभित्र सुधार गर्नुपर्ने बताउनु भएको हो । सङ्गठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने र भ्रष्ट आचरणका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्ने गरिने नीतिअनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिनुभयो ।

आईजीपी खनालले सङ्गठनको मूल्य, मान्यता र आचरणविरुद्धको काम गर्ने एक हजार दुई सय ९७ जना कर्मचारीलाई कारबाही गरिएको समेत जानकारी दिनुभयो ।

आफ्नो कार्यकालमा सङ्गठनभित्र राम्रो काम गर्ने पाँच सय २१ जना कर्मचारीलाई पुरस्कृत पनि गरिएको उहाँले बताउनु भयो । खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाइहरुको जवाफदेहिता लिन सङ्गठन प्रमुखको हैसियतले आफू सधै तयार रहेको धारणा व्यक्त गर्नुभयाे । 

१९औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा सङ्गठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया