दाङमा ससुराद्वारा बुहारीकाे हत्या

 माघ ९, २०७६ बिहिबार १७:८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - गढवा गाउँपालिका-४ एक व्यक्तिले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् । बुधबार रामनगर बस्ने ६५ वर्षीय कुलमान जोगी कुँवरले २७ वर्षीया कान्छी बुहारी बसन्ती कुँवरमाथि धारिलो हतियार प्रहार गरेका थिए । 

हतियार प्रहारबाट गम्भीर घाइते भएकी बसन्तीको कोहलपुर मेडिकलमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरतसिंह राठोरले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार कुलमान जोगी कुँवरले बुहारीको हातको नाडी, पेट र खुट्टामा धारिलो हतियार प्रहार गरेका थिए । राति पौने ८ बजेतिर नातिको विवादले कान्छी बुहारीमाथि धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक राठोरले जानकारी दिनुभयो । 

मृतकका श्रीमान सञ्जय कुँवर कुखुरालाई दाना हाल्न बाहिर गएको समयमा घटना घटेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया