राष्ट्रियसभा : प्रदेश ५ बाट महिलातर्फ विमला घिमिरे निर्वाचित

 माघ ९, २०७६ बिहिबार १८:२:४५ | रासस
unn.prixa.net

दाङ - राष्ट्रियसभा सदस्यको प्रदेश ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की विमला घिमिरे निर्वाचित हुनुभएको छ । बिहीबार मतदान भएर भर्खरै सार्वजनिक भएको मत परिणामअनुसार घिमिरे निर्वााचित हुनुभएको हो ।

उहाँ पाँच हजार ७२८ मतभारिहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका  गिरिजादेवी न्यौपानेले दुई हजार १०० मतभार ल्याउनुभएको छ । महिलाका पाँच मत बदर भएका छन् ।

अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया