एकै परिवारका सात जना सुरक्षा फाैजमा : आमाबुवा सम्मानित

 माघ १०, २०७६ शुक्रबार ८:२९:११ | रासस
unn.prixa.net

डाेटी – दिपायल सिलगढी नगरपालिकाकाे जोगीडाब्रेमा रहेको सशस्त्र प्रहरी ३६ नम्बर गणले केआईसिंह गाउँपालिका ६ का प्रेमराज जैसी र वासुदेवी जैसीलाई सम्मान गरेको छ । 

उहाँका सात सन्तानमध्ये पाँच छोरा र एक छोरी नेपाली सेना र एक छोरा सशस्त्र प्रहरी बलमा कार्यरत रहेका छन् । एकै परिवारका सात जनाले सुरक्षा फाैजमा याेगदान पुर्‍याएकाे भन्दै गणपति जहरसिंह बुढामगरले जैसी दम्पतीलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गर्नु भएको हाे ।  

छोराछोरीले गरेको योगदानले आफू सम्मानित भएकोमा गौरवान्वित भएको प्रेमराज जैशीले बताउनु भयो । उहाँले भन्नुभयो, 'मेरा छोराछोरीको योगदानले म आज सम्मानित भए योभन्दा अरु खुशीको क्षण के हुन सक्छ र ?'

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया