वन र रिंगिट बाहेक सबै विदेशी मुद्रा महङ्गियो

 माघ १०, २०७६ शुक्रबार १०:२१:१४ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार कोरियन वन र मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको मूल्य बढेको छ । 

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११४ रुपैयाँ २२ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा थियो। 

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ९२ पैसा रहेको छ । हिजो खरिददर २९५ रुपैयाँ ४८ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ पैसा ०९ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ पैसा १० पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा थियो । 
कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०३ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९७ पैसा थियो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया