संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने राजपाको चेतावनी

 जेठ १०, २०७५ बिहिबार १५:३९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १० – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । 

सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालका सांसद बृजेषचन्द्र लालले संविधान संशोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भएको हो । 

राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले संविधान संशोधन गर्नुपर्ने आफूहरुको माग सम्बोधन नगरे मधेशका जनतालाई सैह्य नहुने पनि बताउनुभयो । सांसद लालले मधेशमाथि विभेद हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएकाले आफूहरुले विरोध गर्नु परेको दावी समेत बताउनुभयो ।

त्यसैगरी संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले पनि संविधान संशोधन गर्ने आफूहरुको अडान नीति तथा कार्यक्रममा समावेश गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले तराई, मधेशको विकासका लागि विशेष आर्थिक कार्यक्रम ल्याउन पनि सरकारसँग माग गर्नुभयो । सांसद कुमारीले सरकारको नीति तथा कार्यक्रमले संघीयतालाई आत्मसात गर्न नसकेको आरोप पनि लगाउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया