नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि

 माघ १०, २०७६ शुक्रबार १८:२१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएकाे छ । वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललगायतले स्वास्थ्य मन्त्रालमा पत्रकार सम्मेलनमार्फत तीन जनामा याे भाइरसकाे संक्रमण भएकाे पुष्टि गर्नुभएकाे हाे ।

स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित भनिएका तीनमध्ये एक जनालाई विमानस्थलबाट टेकु अस्पताल ल्याइएकाे छ ।

साथै, टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भैरहको छ । टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गरिने मन्त्रालयले जनाएको छ ।

काेराेना संक्मितका लागि टेकु अस्पातालमा रहेकाे विशेष कक्ष

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया