टरिगाउँ एयरपोर्टकाे स्तरवृद्धि हुन्छ : मन्त्री भट्टराई

 माघ १०, २०७६ शुक्रबार २०:३४:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टरिगाउँ विमालस्थलकाे स्तरवृद्धि हुने बताउनु भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको तुलसीपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री भट्टराईले टरिगाउँ विमानस्थलकाे स्तरवृद्धि गर्न सरकारले बजेट विनियोजनसमेत गरेको बताउनुभयो  ।

‘टरिगाउँ एयरपोर्ट स्तरोन्नतिका लागि तपाईँहरुले बढी जोड गरेको पाइयो’, उहाँले भन्नुभयाे,  ‘ढुक्क रहनुहोस्, हामीले टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि यस वर्ष बजेट पनि विनियोजन गरेका छौँ ।’

हाल रहेको सातसय ५० मिटर धावनमार्गलाई बिस्तार गरेर साढे १२ सय बनाउने गरी आफूले पहल थाल्ने उहाँले बताउनुभयो  ।

साथै एयरपोर्टमा अस्थायी ईन्धन डिपो स्थापनाकालागि नेपाल आयल निगमसँग पनि सम्झौता भइसकेको मन्त्री भट्टराईको भनाइ थियाे । ।

‘ईन्धन डिपोका लागि नेपाल आयल निगमले जग्गा माग गरेको थियो’, उहाँले भन्नुभयो, ‘हामीले जग्गाका लागि सम्झौता गरिसकेका छौँ, अबको केही समयमा त्यहाँ ईन्धन डिपो स्थापना हुन्छ ।’

मन्त्री भट्टराईले मुलुकमा राजनीतिक मुद्दाको अन्त्य भएको भन्दै अब आर्थिक समृद्धिको मुद्दामा सबै राजनीतिक दल एक भएर हिँड्नुपर्ने बताउनुभयो  ।

घोराहीमा भएको महोत्सवको उदघाटन गर्दै उहाँले देशमा अहिले भारतबाट विद्युत किन्नुपर्ने अवस्था रहे पनि अबको एक वर्षपछि नेपालबाट भारतमा विद्युत बिक्री गर्ने तयारी रहेको समेत बताउनुभयो ।

आउँदो वर्षदेखि नेपालको केन्द्रीय लाइनमा एकहजार मोगावाट विद्यतु थपिन लागेको उहाँले जानकारी दिनुभयाे।
((

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया