अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपालको उत्कृष्ट फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग खेल्न ड्वेन स्मिथ नेपाल आउने भएका छन् ।
वेष्ट इण्डिजका क्रिकेट हस्ती स्मिथ २०२० को संस्करणकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने नेपाल आउन लागेका हुन् । उनलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको हो ।
३६ वर्षीय स्मिथले वेष्ट इण्डिजका लागि तिनै फर्म्याटको क्रिकेट खेलिसकेका छन् । नेपाल आउनेबारेमा स्मिथले भने, ‘मैले नेपाल र त्यहाँको भौगालिक सुन्दरताबारे धेरै सुनेको छु । म त्यहाँ जान निकै आतुर छु ।’
भैरहवाका कप्तान शरद भेषावकरले लामो समयसम्म वेष्ट इण्डिज र आईपीएल क्रिकेटको पावर हाउसका रुपमा रहेका स्मिथले आफ्नो कप्तानीमा खेल्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।