एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि नेपालले आज हङ...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो खेलमा संकटा क्लब विजयी भएको छ ।
फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै संकटा सातौँ स्थानमा उक्लिएको हाे ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाको जितका लागि अजयी मार्टिन्सको एक गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ६४ औँ मिनेटमा मार्टिन्सले सुवास गुरुङको फ्री किकलाई हेडरमार्फत जालीको दिशा दिएका थिए ।