उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्ने सम्भावना, अन्य ठाउँकाे माैसम भने सफा रहने

 माघ १२, २०७६ आइतबार ८:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँको आकाशमा बादल तथा पश्चिम र मध्य तराईमा कुहिरो लागेको छ ।

यी ठाउँ बाहेकका क्षेत्रकाे मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो उच्च हिमाली भेगका केही ठाउँमा सामान्य हिउँ पर्ने सम्भावना रहे पनि धेरैजसो ठाउँमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तराईमा लागेको कुहिरो पनि दिउँसोपखबाट हटेर मौसम सफा हुने छ । आउँदाे तीन दिनसम्म मौसम बदली तथा पानी पर्ने सम्भावना नरहेको तर तराईमा बिहान कुहिरो लाग्ने हुँदा चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ ।

काठमाण्डाैकाे आइतबार बिहानको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो १४ देखी १६ डिग्री सेल्सियससम्म रहने महाशाखाले अनुमान गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया