काठमाण्डौमा पानी पर्दैन, पूर्वका एक/दुई ठाउँमा पानी र उच्च हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ : मौसमविद्

 माघ १२, २०७६ आइतबार १२:५३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको मौसम अहिले आशिंक बदली भएको छ ।

मौसम बदली भए पनि काठमाण्डौसहित मध्य र पश्चिममा आइतबार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर पूर्वी पहाडी भेगको एक, दुई ठाउँमा हल्का पानी र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाे मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आइतबार पहाडी भेगको मौसम दिनभरि नै खुल्दै–बादल लाग्ने उहाँले बताउनु भयो । यसैगरी बिहानभरि हुस्सु र कुहिरो लागेको तराईको मौसम बिस्तारै खुल्ने क्रममा छ । 

सबैतिरको कुहिरो बिस्तारै हटे पनि आइतबार राम्रोसँग घाम नलाग्दा चिसो भने यथावत् रहने मौसमविद् पौडेलले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया