एन्फा कास्की अध्यक्ष गुरुङलाई सात दिन म्याद थप

 माघ १२, २०७६ आइतबार १८:५०:३९ | सुमन गुरुङ
unn.prixa.net

कास्की - अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई  ७ दिन थप गरेर अनुसन्धान गरिने भएको छ ।

गुरुङलाई थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले आइतबार अनुमति दिएको हाे । 

लेकसाइडमा रहेकाे ॐ गौरा जोस्टेल होटलका सञ्चालक हरिभक्त आचार्यले गुरुङविरुद्ध बैंकिङ कसुर मुद्दामा उजुरी दर्ता गराउनुभएको थियो । उजुरीपछि गएकाे शुक्रबार गुरुङलाई प्रहरीले पक्राउ गरेकाे थियाे

गुरुङसँग आइतबार सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो । बयानपछि उच्च अदालतले गुरुङमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिनको म्याद उपलब्ध गराएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया