२० जना बिजुली चोर पक्राउ

 जेठ १०, २०७५ बिहिबार १६:१५:३४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी, जेठ १० – महोत्तरीको विभिन्न स्थानमा हुकिङ गरी बिजुली बत्ती बाल्दै गरेको अवस्थामा २० जना पक्राउ परेका छन ।

नेपाल विद्युत प्राधिकरण गौशाला शाखा कार्यालयका अनुसार बिहीबार बिहान उनीहरुलाई पक्राउ गरेका हुन । यसरी पक्राउ पर्नेमा गौशाला नगरपालिकाको रजखोरबाट ५ जना, औरही नगरपालिकाको कविलासीबाट ४, भोइल टिम्कियाबाट ८ र सोनमा गाँउपालिकाको तरहारीबाट ३ जना गरी २० जना रहेको प्रमुख रोशनकुमार सिंहले जानकारी दिनुभयो । अहिले उनीहरुबाट जरिवाना असुल गरी छाड्दै आएको प्रमुख सिंहले बताउनुभयो ।

यसभन्दा अगाडि गौशाला शाखाले नियमित विद्युत महशुल नतिर्ने ४ सय उद्योगसमेत गरी २ हजार १ सय भन्दा बढी ग्राहकको लाइन काटी उनीहरुबाट महशुलवापतको २ करोड वक्यौता असुल गरेको शाखा कार्यालयले जनाएको छ । ऐनमा हुकिङ गरी विधुत चोरी गर्नेबाट न्युनतम ८ हजार १ सय ६४ रुपैयाँ जरिवानाको व्यवस्था छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया