कोबे ब्रायन्ट : बास्केटबलदेखि अस्करसम्म

 माघ १३, २०७६ सोमबार १३:३५:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी बास्केटबलका ‘महान’ खेलाडी कोबे ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको छ । 

हेलिकोप्टर दुर्घटनामा ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी गियानासहित नौ जनाले ज्यान गुमाए । ४१ वर्षीय ब्रायन्ट आफ्नै निजी हेलिकोप्टरमा यात्रा गरिरहेका थिए । 

कोबे ब्रायन्टलाई 'महान्' किन भनिन्छ ?

विश्वभरिबाट बास्केटबलमा यदि जम्मा पाँच महान खेलाडीहरुको नाम लिइन्छ भने कोबे ब्रायन्टको नाम पहिलाे नम्बरमा आउँछ र उनकाे नाम प्रमुखता साथ लिइन्छ । 

विश्वभरि नै उनका समर्थक कति छन् भन्ने कुरा उनको निधनपछि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा टप टेन ट्रेण्ड्सका साथ उनीप्रति व्यक्त गरिएको श्रद्धाञ्जली र सम्मानले देखाउँछ । यसबाट नै थाहा हुन्छ कि उनी कति लोकप्रिय थिए । 

ब्रायन्टको निधनलाई लिएर प्रीति जिन्टा, करण जौहर, अक्षय कुमार जस्ता बलिउड हस्तीसँगै बराक ओबामा र डोनाल्ड्र ट्रम्पले दुःख व्यक्त गरेका छन् । 

बराक ओबामाले लेखेका छन्, ‘बास्केटबलको कोर्टमा कोबे एक महान खेलाडी थिए । उनी आफ्नो जिन्दगीको दोस्रो अध्याय सुरु गर्न गैरहेका थिए । गियानालाई गुमाउनु एक आमाबुवाका लागि निकै कठिन हो । मिशेल र मेरो पूरै ब्रायन्ट परिवारप्रति प्रार्थना छ ।’

बास्केटबलका जादुगर कोबे

पाँच पटक नेशनल बास्केटबल एसोसिएशन (एनबीए) च्याम्पियन कोबेलाई बास्केटबल इतिहासमै सबैभन्दा सफल महान खेलाडीको अग्रस्थानमा राखिन्थ्यो । 

उनको निधनपछि एनबीएले एक बयान जारी गर्दै भनेको छ, ‘कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी गियानाको दुखद् अन्त्यबाट हामी सबै अकल्पनीय शोकमा छौँ । २० वर्षसम्म कोबेले आफूलाई अब्बल बनाइरहने प्रयास गरेँ ।’

ब्रायन्टले आफ्नो २० वर्षे लामो करियरमा सधैँ लस एन्जेल्स लाकेर्सको तर्फबाट खेले । 

सन् २०१६ को अप्रिल महिनामा सन्याल लिएका कोबेले सन् २००८ मा एनबीएका सबैभन्दा ‘महान्’ खेलाडी बनेका थिए । साथै उनले दुई पटक एनबीए फाइनल्समा एमवीपीको उपाधि हासिल गरेका छन् । 

कोबेको नाम दुई पटक एनबीए स्कोरिङ्ग च्याम्पियनसँग जोडिएको छ र दुई पटक ओलम्पिक खेलमा च्याम्पियन बन्ने सौभाग्य पनि पाएका छन् । 
कोबेले सन् २००६ मा टोरन्टो र्‍याप्टर्सविरुद्ध एक खेलमा ८१ अङ्क बटुलेका थिए, यो उनको करियरको एक महत्वपूर्ण उपलब्धिमध्ये एक हो । 

बास्केटबलदेखि अस्करसम्म  

ब्रायन्टले बास्केटबलको दुनियाँमा अवार्ड र सम्मान पाउनुका साथै एक अस्कर अवार्ड पनि जितेका छन् । 

कोबेले सन् २०१५ मा बास्केटबललाई एक प्रेमपत्र लेखेका थिए । त्यो प्रेम पत्रमा डियर बास्केट बल नामबाट एउटा 'शर्ट एनिमेटेड फिल्म' बनाइयो र त्यसलाई अस्कर अवार्डबाट सम्मानित गरिएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया