नवनिर्वाचित सभामुख सापकाेटाद्वारा पद तथा गाेपनियताकाे शपथ ग्रहण

 माघ १३, २०७६ सोमबार १३:०:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका नवनिर्वाचित अग्निप्रसाद सापकाेटाले साेमबार पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्नु भएकाे छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख सापकोटालाई साेमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानअनुसार राष्ट्रपतिबाट शपथ लिनु भएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

सपथग्रहणपछि सभामुखका सपरिवारले सामूहिक तस्बिर खिचाउनु भएको थियो । प्रतिनिधि सभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको थियो । 

यसैबीच सापकाेटामाथि सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि साेमबार नै सुनुवाइ हुँदैछ । गएको शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन नहुने भन्दै दायर गरेको रिटमा अधिवक्ता सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुने भएको हो । 

आइतबारका लागि तोकिएको सुनुवाइ स्थगित भएपछि साेमबार सुनुवाइ हुन लागेको हो । आइतबार सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलास तोकिएकोमा फुयाँलले यो रिट आफूले हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित गरिएको थियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया