वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
गुल्मी - विप्लव समूहका गुल्मी जिल्ला सदस्य गोविन्दबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सदरमुकाम तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालीका घर भएका आकाश भनिने गोविन्दबहादुर विक कामको सिलसिलामा सदरमुकाम तम्घास पुगेका थिए ।
पक्राउ परेका विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासको हिरासदमा राखिएको छ ।
पछिल्लो समय विप्लव समूहले गुल्मी जिल्लामा चन्दा आतंक बढाएको भन्दै प्रहरीले विप्लव समूहका गतिविधिमाथि निगरानी बढाएकाे छ ।