डी ककले तोडे गिलक्रिस्टको रेकर्ड

 माघ १३, २०७६ सोमबार १८:४४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकाका विकेट किपर ब्याट्सम्यान क्विन्टन डी ककले नयाँ इतिहास बनाएका छन् ।

विकेट पछाडि बस्ने ककले आफ्नो ग्लब्सबाट २०० औं विकेट लिएका छन् । जोहानेसबर्गको वान्डरर्स मैदानमा इंग्ल्याण्डसँगको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा ककले यो कीर्तिमान बनाएका हुन् ।

याे रेकर्डसँगै उनले अस्ट्रेलियाका एडम गिलक्रिस्टको रेकर्ड तोडेका छन् । ओली पोपलाई आउट गर्दै ककले २०० औं क्याच आउट गराएका हुन् । क्विन्टले ४५ औं टेस्टमा २०० ‌औँ क्याच आउट गर्दा यसअघि गिलक्रिस्टले ४७ टेस्टमा २०० क्याच लिएका थिए ।

गिलक्रिस्टपछि ५० टेस्टमा २०० क्याच गर्ने अर्का खेलाडी ब्रेड हेडिनको नाम आउँछ । पाकिस्तानका कमरान अकमल र दक्षिण अफ्रिकाका मार्क बाउचरले यो रेकर्ड ५२ टेस्टमा कायम गरेका थिए ।

इंग्ल्याण्डसँगको टेस्टमा ककले पहिलो पारिमा तीन तथा दोस्रो पारिमा चार क्याच आउट गरेका थिए । तर टेस्टमा इंग्ल्याण्डले पहिलो पारिमा ४०० तथा दोस्रो पारिमा २४८ रन बनाएको छ ।

अफ्रिका भने पहिलो पारिमा १८३ रनमा रोकिएको थियो । पहिलो पारिका आधारमा इंग्ल्याण्डले ४६६ रनको लक्ष्य दिएको छ । दोस्रो पारिमा पनि अफ्रिकाको प्रदर्शन भने राम्रो छैन ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया