कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६ पुग्याे

 माघ १४, २०७६ मंगलबार ८:१४:३६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ पुगेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चार हजारभन्दा बढी यो भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि केही वुहान शहरलगायत अन्य केही शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । 

सिङ्गापुर र जर्मनीमा पनि यो भाइरसको घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रियस्तरमा सङ्क्रमित हुनेको सङ्ख्या पनि बढेको छ । 

चिनियाँ नयाँ वर्ष ‘लुनार’ को समयमा कोरोना भाइरसले प्रकोपको रुप लिएको हो । यो पर्वका अवसरमा लाखौँ चिनियाँहरु आफन्त र साथीहरुलाई भेट्न जाने गर्दछन् । 

भाइरस फैलिएपछि त्यसको प्रसारमा रोक लगाउन नयाँ वर्षको बिदा गएको आइतबार तीन दिन पर सारिएको छ । 

चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश यात्रा नगर्नका लागि सचेत गराएको छ । अमेरिकी सरकारले पनि आफ्ना नागरिकहरुलाई चीन यात्रा नगर्न भनेको छ । 

वुहान शहरमा यात्रामा प्रतिबन्ध लगाइएपछि सुनसान जस्तै भएको छ । खाली सडक, सुनसान खेल मैदान, खाली सपिङ मल र कहिलेकाहीँ एम्बुलेन्स दौडिएको देख्न सकिन्छ । 

चीन सरकारले शङ्घाईमा आउँदो १० फेब्रुअरीसम्म कार्यालय सञ्चालनमा प्रतिबन्ध लगाएको छ । चिकित्सा र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा यो प्रतिबन्ध लागू हुनेछ । 

चीनबाहेक यसअघि अमेरिका, थाइल्याण्ड, फ्रान्स र कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना भाइरसका कारण चीनबाहिर कसैले पनि ज्यान गुमाएका छैनन् । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया