भैरहवामा तीन वटा ट्रक एकआपसमा ठाेक्किँदा तीन जनाकाे ज्यान गयाे

 माघ १४, २०७६ मंगलबार ११:१२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – भैरहवामा तीन वटा ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा नवलपरासीको पालिनन्द गाउँपालिका ४ का लालु कुर्मी र भविकन कुर्मी तथा सुनसरीको चतराका पूर्णबहादुर भुजेलको ज्यान गएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

भैरहवाबाट परासीका लागि छुटेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ जाँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६  नम्बरको ट्रक एकआपसमा ठाेक्किएर दुर्घटना भएको हो ।

बिहान बाक्लो कुहिरो लागेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया