थारंगा पनि ईपीएल खेल्न नेपाल आउने, ललितपुर प्याट्रियट्समा अनुबन्ध

 माघ १४, २०७६ मंगलबार ११:४७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा हुन लागेकाे एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा एकपछि अर्काे स्टार विदेशी खेलाडी भित्र्याउने क्रम सुरू भएकाे छ । यही क्रममा ललितपुर प्याट्रियट्सले श्रीलङ्कन खेलाडी उपुल थारंगालाई अनुबन्ध गरेकाे छ ।

थारंगाले श्रीलंकाबाट तीन वटै फर्म्याट खेलेका छन् । जसमा उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी-२० खेलेका छन् । बायाँ हाते ब्याट्सम्यान थारंगाले सन् २००५ मा भारतविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । 

सन् २००५ मा नै भारतविरुद्धकाे एकदिवसीय सिरिजमा डेब्यू गरेका थारंगाले टेस्टमा एक हजार सात सय ५४ रन बनाएका छन् भने एकदिवसीयमा ६ हजार ९ सय ५१ रन बनाएका छन् ।

उनले टी–२० मा भने २६ खेलमा मात्र चार सय ७ रन बनाएका छन् । टी–२० मा उनले सन् २००६ मा इङ्ग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए ।

ललितपुरले याे सिजनका लागि विदेशी खेलाडीका रूपमा थारंगालाई ल्याएकाे हाे । यसका साथै केही दिनमा अरू खेलाडीलाई पनि उसले सार्वजनिक गर्नेछ ।

यसअघि वेस्ट इण्डिजका क्रिकेट हस्ती ड्वेन स्मिथलाई भैरहवा ग्लाडिएटर्सले अनुबन्ध गरेको थियाे । यस पटककाे ईपीएलमा ठूला नाम भएका खेलाडी ल्याउने हाेड चलेकाे छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया