चीनबाट झण्डै १९ कराेड बराबरको ओखर आयात

 माघ १४, २०७६ मंगलबार १३:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चीनबाट १८ करोड ८७ लाख रुपैयाँ मूल्य बराबरको ओखर आयात भएको छ ।

रसुवा भन्सार कार्यालयका अनुसार रसुवागढी नाकाबाट साउनदेखि पुस मसान्तसम्ममा ६ लाख ५१ हजार ८ सय ९६ केजी ओखर आएको थियो । 

त्याे ओखरकाे मूल्य १८ करोड ८७ लाख १९ हजार ३ सय ९४ रुपैयाँ रहेको छ । कार्यालयले दिएको जानकारी अनुसार ५ लाख ५० हजार ५० केजी छोडाएको र १ लाख १ हजार ८ सय ४६ केजी नछोडाएको ओखर आयात भएको हो । 

नेपालमा उत्पादन कम हुने र माग बढ्दै जाँदा आयात पनि बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो । 

‘पछिल्लो समय नेपालमा चिनियाँ ओखरको माग बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘यस कारण अहिले नाकाबाट ओखरको आयात बढेको छ ।’
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया