सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीकाे शुभकामना

 माघ १४, २०७६ मंगलबार २०:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । उहाँलाइ बधाइ दिँदै प्रधानमन्त्री ओलीले  सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा  जोड दिनुभएकाे छ । 

उहाँले कानुन र नियमसंगत तरिकाले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा सञ्चालनमा पूर्ण सहयोग रहने पनि प्रतिबद्धता जनाउनुभयो। सर्वसम्मत रुपमा सभामुख चयन हुने वातावरण निर्माण हुनु सकरात्मक संकेत भएको भन्दै उहाँले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने बताउनु भएकाे छ । 

उहाँले भ्रमण वर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपूर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताउनुभयो ।

‘नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौँ।  सुरुमै हामीलाई केही धक्काका संकेतहरु प्राकृतिक दृष्टिले देखा परेका छन् । जसलाई हामीले सावधानी पूर्वक सामना गर्नुपर्ने छ । सरकार त्यसको  तयारीमा सरकार लागेको छ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया