सभामुख सापकाेटाविरुद्ध अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

 माघ १४, २०७६ मंगलबार २०:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सभामुख निर्वाचित सापकोटा यो पदका लागि अयोग्य भएको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सापकोटा सभामुख पदमा निर्वाचित भएर सपथसहित पदभारसमेत ग्रहण गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको फैसला सुनाएको हो । 

तर, अदालतले यसअघि सर्वोच्च अदालतको आदेश कार्यान्वयनको स्थिति र सापकोटाविरुद्ध परेको उजुरी के कस्तो अवस्थामा रहेको छ भन्दै तीस दिनभित्र पेश गर्न गृह मन्त्रालय र जिल्ला प्रहरी काभ्रेका नाममा आदेश दिएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाविरुद्ध सशस्त्र द्वन्द्वमा हत्या आरोप लागेको भन्दै सभामुख बनाउने सत्तारुढ नेकपाको निर्णय रोक्न माग गर्दै केही दिन अघि रिट दायर गर्नु भएको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया