ज्लाटनकाे गाेलसँगै मिलान सेमिफाइनलमा, युभेन्टससँग खेल्ने

 माघ १५, २०७६ बुधबार ९:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टोरिनोलाई हराउँदै एसी मिलान कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ ।

मङ्गलबार राति भएको क्वार्टर–फाइनलमा मिलानले अतिरिक्त समयमा दुई गोल गरेपछि टोरिनो चार–दुई गाेल अन्तरले पराजित भयो । मिलानको मैदानमा भएको खेलको अतिरिक्त समयमा ज्लाटन इब्राहिमोभिच र हाकन कालानोग्लुले गोल गरेका थिए ।

१२औँ मिनेटमा बोनाभेन्चुराले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३४औँ मिनेटमा ग्लेसन ब्रेमरले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ७१औँ मिनेटमा ब्रेमरले अर्को गोल गरेपछि टोरिनोले अग्रता लियो । त्याे अग्रता ९० मिनेटसम्म कायम रह्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा बोनाभेन्चुराले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । बराबरीपछि खेलमा आधा घण्टाको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको १६औँ मिनेटमा बोनाभेन्चुराले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई फेरि अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि ज्लाटन इब्राहिमोभिचले गोल गरेर मिलानलाई सेमिफाइनलमा पुर्‍याए । सेमिफाइनलमा मिलानले युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ । 

खेल चलिरहँदा हेलिकाेप्टर दुर्घटनामा ज्यान गुमाएका 'लेजेण्ड' अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया