सीप सिक्नुहोस्, सम्भावनाहरु आफ्नै ठाउँमा खोज्नुहोस्

 माघ १५, २०७६ बुधबार १४:३५:१७ | राजनप्रसाद श्रेष्ठ

अहिले सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकतामा राखेको छ । त्यस अनुसार युवालाई सीप सिकाउने र स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्न विभिन्न रोजगारीका कार्यक्रम पनि आएका छन् ।

अहिले वैदेशिक रोजगार बोर्डले पनि वैदेशिक रोजगारीमा जान चाहने, विदेशबाट फर्किएका र वैदेशिक रोजगारीमा संलग्नका परिवारका सदस्यलाई निःशुल्क सीप सिकाइरहेको छ । 

हातमा सीप भए भोकै मर्न पर्दैन । यो कुरा तपाईं हामी सबैलाई थाहा छ । वैदेशिक रोजगारीमा जाँदा होस् या स्वदेशमा नै पाखुरा बर्जाछु भन्दा पनि सीप भए सहज हुन्छ । कमाइ हुन्छ र जोखिम पनि कम हुन्छ । 

तर अहिलेको यथार्थ के हो भने वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशतभन्दा धेरै अदक्ष अथवा सीप नसिकी जानेहरुको संख्या छ । सीप नसिकी जाँदा लेबरको काम गर्न परेको छ । अत्यन्त जोखिम हुन्छ । पारिश्रमिकको हिसाबले पनि कम हुन्छ । त्यसैले पनि अहिले वैदेशिक रोजगार बोर्डको समन्वयमा यो वर्ष १५ हजार जनालाई निःशुल्क सीप प्रदान गर्ने लक्ष्य छ । 

चार प्रदेशमार्फत निःशुल्क सीप सञ्चालन

सीप सिक्नुहोस् । त्यसपछि स्वदेशमै कामका अवसर खोज्ने या विदेश जाने रोजाईं तपाईँको हो । अहिले सरकारको लक्ष्य भनेको स्वदेशमै युवालाई कामका अवसर दिने हो । हैन विदेश नै जान्छु भन्छन् भने पनि सीपयुक्त जनशक्ति मात्र पठाउने भन्ने हो । बोर्डले यही योजनालाई कार्यान्वयन तहमा लानका लागि अहिले निःशुल्क सीप तालिम प्रदान गरिरहेको छ । 

९० दिन हाजिर हुनुपर्छ र ९० दिन हाजिर पुग्नेले सीटीईभीटी अन्र्तगतको एनएसटीभीबाट सीप परीक्षण हुन्छ । परीक्षणमा पास हुनेले प्रमाणपत्र पाउँछन् । पास हुनेले लागेको सबै रकम फिर्ता पाउँछन् । फेल भएमा लागेको रकम फिर्ता पाईंदैन ।  विदेश जाँदा होस् या नेपालको श्रम बजारमा यो प्रमाणपत्रले टेवा पुग्ने छ भन्ने मैले आशा लिएको छु । 

विदेश जान चाहने, फर्किएका र विदेशमा हुनेका परिवारका सदस्यले समेत बोर्डमार्फत प्रदान गरिने सीप तालिम लिन पाउँछन् । अहिले एक महिने निःशुल्क सीप तालिम वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश पाँचबाट सञ्चालन भैरहेको छ । 

अहिले बोर्डले सीटीईभीटीका आंगिक शिक्षण संस्थामार्फत सीप तालिम सञ्चालन गरिरहेको छ भने छिट्टै निजी तालिम प्रदायक संस्थासँग पनि समन्वय गरेर तालिमहरु सञ्चालन गर्ने प्रक्रियामा छौं ।

अहिले निमार्णको क्षेत्रमा आवश्यक पर्ने सीप जस्तै, मेशन, इलेक्ट्रिसियन, प्लम्बर  लगायत, हस्पिटालिटी सेक्टर अन्तर्गत जस्तै वेटर, कुकु, हाउसकिपिङ लगायत सेक्युरिटी गार्ड आदिको सीप तालिम सञ्चालन भइरहेको छ । हाम्रो प्राथमिकता वैदेशिक रोजगारीमा जान चाहने, उनीहरुका परिवार र विदेशबाट फर्किएका हुन् । यो तालिममा सहभागी हुँदा एक रुपैयाँ पनि तिर्नु पर्दैन । 

सीप परीक्षण हुन्छ 

यसअघि सिकाइएका सीप तालिमको गुणस्तरीयताका सम्बन्धमा थुप्रै जिज्ञासाहरु आए । सीपको प्रभावकारिताको सम्बन्धमा पनि प्रश्नहरु उठेका थिए । त्यसैले विगतका अनुभवलाई मध्यनजर गर्दै, आत्मसाथ गर्दै यसपटक तालिम तालिमको लागि मात्र नभएर हामी गुणस्तरीय तालिम दिन्छौं । 

पाठ्यक्रम निर्धारण गरेका छौं । मापदण्ड बनाएका छौं । चाहे त्यो सीटीईभीटी अन्तर्गतका आंगिक शिक्षण संस्था हुन् वा निजी तालिम प्रदायक संस्था उनीहरुले बोर्डले तोकेको पाठ्यक्रम अनुसार तालिम सञ्चालन गर्नुपर्छ ।

९० दिन हाजिर हुनुपर्छ र ९० दिन हाजिर पुग्नेले सीटीईभीटी अन्र्तगतको एनएसटीभीबाट सीप परीक्षण हुन्छ । परीक्षणमा पास हुनेले प्रमाणपत्र पाउँछन् । पास हुनेले लागेको सबै रकम फिर्ता पाउँछन् । फेल भएमा लागेको रकम फिर्ता पाईंदैन ।  विदेश जाँदा होस् या नेपालको श्रम बजारमा यो प्रमाणपत्रले टेवा पुग्ने छ भन्ने मैले आशा लिएको छु । 

सीप तालिमको अनुगमका लागि हामीले संयन्त्र नै बनाएका छौं । निरीक्षण र अनुगमन पनि हुन्छ । त्यसैले यो मौकाको फाइदा उठाउन सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई म आग्रह पनि गर्दछु । 

सीप सुरक्षा कवच हो

हातमा सीप भए भोकै मर्न पर्दैन । हातमा सीप नभएपछि विदेशमा होस् या स्वदेशमा जोखिमयुक्त काम गर्नुपर्छ । ज्याला पनि कम पाइन्छ । तर पनि कतिपयले सीपको महत्व नबुझेको पाइन्छ । हाम्रो समाजमा एउटा लोकलाजले पनि काम गर्नमा ठूलो बाधा उत्पन गरेको छ । 

नेपालमा जे पायो त्यही काम नगर्ने तर विदेशमा जे पनि गर्ने । त्यही काम नेपालमा नगर्ने तर विदेशमा गएर जोखिम मोलेर गर्ने प्रवृत्ति छ । अरुले के भन्लान् भन्ने पनि छ । तर वास्तविकता त्यस्तो होइन ।

विदेशमा पनि पैसाको बोट छैन । अर्काको लहलहैमा लागेर विदेश जाँदा दुःख मात्र पाइन्छ । आफ्नै देशमा काम पाउन त कति दुःख गर्नुपर्छ भने अरुको देशमा फूलमाला लगाएर काम दिँदैनन् ।

पढाइसँगै सीप पनि आवश्यक पर्छ । सीप त सुरक्षा कवच हो । चाहे विदेशमा होस् या स्वदेशमा । सीप हुनेले जोखिमसँग लड्न सक्छ । तुलनात्मक हिसाबले कमाइ पनि बढी हुन्छ । 

कतिपय त विदेश जाने भनेर सीप सिकेका र पछि सिकेपछि स्वदेशमै काम गरेका उदाहरण पनि छन् । खाडीका देशसँगै मध्यपूर्वका देशमा नेपालको श्रम बजारको भन्दा धेरै कमाइ हुँदैन ।

दुई चार हजार फरक पर्ला तर सामान्य लेबरको काममा विदेश जानेले मेहनत गर्ने हो भने त्यती रकम हातमा सीप हुने हो भने परिवारसँग बसेर यही पनि कमाउन सकिन्छ । देश र परिवार छाडेर जान पर्दैन । त्यसैले अब सरकारले सीपको महत्व बुझ्न पनि काम गर्नेछ । हामीले सीप त सिकाइरहेका छौं तर त्योसँगै हामी सबैलाई सीपको महत्व बुझाउन पनि काम गर्नेछौं । 

अहिले बोर्डले सञ्चालन गरेको सीप तालिम भलै वैदेशिक रोजगारी लक्षित छ, तर सीप सिकेपछि विदेश जानुपर्छ भन्ने हैन  । सीप सिक्नुहोस् अनि सम्भावनाहरु आफ्नै ठाउँमा खोज्नुहोस् । 

बोर्डले निजी सीप प्रदायक संस्थासँग मिलेर पालिकास्तरबाटै तालिम प्रदान गर्ने गरी काम गरिरहेको छ । त्यसैले म आशावादी छु, तपाईंहरुले आफूलाई पायक पर्ने ठाउँबाट चाहेको सीप सिक्न पाउनुहुनेछ । अब गुणस्तरीय तालिम लिन काठमाण्डौै धाउनुपर्ने  अवस्थाको अन्त्य हुन्छ । र आफ्नै ठाउँमा सीप सिक्ने परिस्थिती हुन्छ भन्न चाहन्छु ।

विदेशमा पनि पैसाको बोट छैन । अर्काको लहलहैमा लागेर विदेश जाँदा दुःख मात्र पाइन्छ । आफ्नै देशमा काम पाउन त कति दुःख गर्नुपर्छ भने अरुको देशमा फूलमाला लगाएर काम दिँदैनन् ।

त्यसैले हातमा सीप एकदमै जरुरी छ । र हातमा सीप भएमा आफूसँग भएको सीपअनुसार देशमै काम खोजौं । हैन विदेश नै जान्छु, दुईचार वर्ष कमाएर फर्किन्छु भन्नुहुन्छ भने पनि सीप सिकेर जानुहोस् । त्यहाँको सीप र अनुभव ल्याएर आफ्नै देशमा केही गर्नुहोस् । सीपले आफूलाई र अरुलाई पनि भलाई गर्छ । जोखिम मोल्ने कि कम गर्ने ? निर्णय तपाईंको । 

(वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक श्रेष्ठसँग सन्जिता देवकोटाले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १४, २०८०

राजनप्रसाद श्रेष्ठ

श्रेष्ठ वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हुनुहुन्छ ।

2 Comments

  • Abdul Kais Ansari

    Jan. 31, 2020, 11:59 a.m.

    I am interested

  •  0 Reply
  • Ram Bhakta

    Jan. 29, 2020, 9:10 p.m.

    कुन ठाउँ मा सिकाउँछ खोइ त ठेगाना र फोन नं दिएको हावाको गफ गर्ने

  •  0 Reply

तपाईको प्रतिक्रिया