क्यान इन्फोटेक २०२० को तयारी पूरा : सूचना प्रविधि क्षेत्रका नयाँ उत्पादनलाइ प्राथमिकता

 माघ १५, २०७६ बुधबार १९:३३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्यान इन्फोटेक २०२० को तयारी अन्तिम चरणमा पुगेको छ ।

फागुन २ देखि ७ गतेसम्म काठमाण्डाैको भृकुटीमण्डपमा आयोजना हुने इन्फाेटेकाे तयारी पूरा भएको र ८० प्रतिशत बुकिङ सम्पन्न भैसकेको कम्प्युटर एशोसिएशन अफ नेपाल, क्यान महासंघले जनाएको छ ।

यस पटकको क्यान इन्फोटेकमा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडियाको प्रदर्शनी गर्नेछन् । महासंघका अनुसार सार्वजनिक सूचना निकालेर स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेको र सहभागीहरुलाई क्यान इन्फोटेकमा विभिन्न सुविधाहरु र उत्कृष्टलाई नेशनल आईसीटी डेको अवसर पारेर पुरस्कृत गरिनेछ । 

रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचनाप्रविधि मेलाको विशेष आकर्षण रहने छ ।

यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनशिप प्रतियोगिता आयोजना गर्नेछ जसमा डोटा टु तथा सीएस गो जस्ता टिमवर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् ।

दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । विजेताहरुले प्रमाणपत्र सहित १ लाख रुपैयाँ पुरस्कार पनि पाउनेछन् । 

यस पटककाे प्रवेश शुल्क १००, विद्यार्थीहरुलाइ ५० प्रतिशत छुट तथा सामुदायिक तथा सरकारी विद्यालय र कलेजका विद्यार्थीहरु, सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशकाे व्यवस्था गरिएकाे छ ।

यस वर्ष क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिने भएकाे छ ।

प्रदेश १ को इटहरी र प्रदेश २ को वीरगञ्जमा सम्पन्न भैसकेको छ भने माघ १७ देखि २१ गतेसम्म प्रदेश ५ को बुटवलमा, माघ २४ गतेदेखि २८ गतेसम्म वाग्मति प्रदेशको चितवनमा, फाल्गुन ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशको पोखरामा, फाल्गुन २० देखि २४ गतेसम्म प्रदेश ५ को नेपालगञ्जमा हुनेछ ।

यसैगरी फाल्गुन २८ गतेदेखि चैत्रको १ गतेसम्म प्रदेश ७ को धनगढीमा र चैत्र ५ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने क्यान महासंघले जनाएकाे छ।

 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया