वीरेन्द्रनगर टिप्पर काण्ड : पीडित पक्षसँग पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

 माघ १६, २०७६ बिहिबार १६:१३:१ | मुना हमाल
unn.prixa.net

सुर्खेत - वीरेन्द्रनगर चोकमा मंगलबार टिप्परले किचेर २१ वर्षीय केशर सिंंहको ज्यान गएपछि विरोधमा उत्रिएका पीडित पक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएको छ । 

तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच सहमति भएसंँगै उनीहरुले सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

पीडित पक्षलाई कानून बामोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रक्रिया अघि बढाउने, पीडित पक्षलाई थप राहतका र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने सहमतिसमेत भएको छ ।

प्रहरी नियन्त्रणमा रहेका टिप्पर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिइ प्रकृया अघि बढाउने र घटनालाई लिएर भएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

पीडित पक्षले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको शव पोष्टमार्टम गरि अन्त्येष्टि गर्ने सहमति गरेका छन् ।गएको मंगलबार वीरेन्द्रनगरमा टिप्परको ठक्करबाट कालिकोटका सिंंहको ज्यान गएपछि आफन्तले प्रदर्शन गरिरहेका थिए । 

अन्तिम अपडेट: चैत ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया