पहिरोले गोठ पुरिँदा ३ जनाको ज्यान गयो

 साउन ७, २०७५ सोमबार १६:१३:५१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – अविरल वर्षाका कारण गएराति पहिरोले गोठ पुरिँदा रोल्पाको सुनील स्मृति गाउँपालिकामा ३ जनाको ज्यान गएको छ ।

सुनिल स्मृति गाउँपालिका–८, फुलधारमा हस्ते पुनको गाईगोठ पुरिँदा पुनकै १८ वार्षीय छोरी चमेली र पुनका छिमेकीहरु १८ वर्षका होम घर्ती र १२ वर्षका ओवी घर्तीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

गोठ पुरिँदा एउटा गाईसमेत मरेको रोल्पाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । घरमा खाना खाएर गाई, बाख्रा भैँसी  हेर्नको लागि गोठमा सुत्न गएको बेलामा पहिरोले पुरिएर तीन जनाको ज्यान गएको स्थानीय शिक्षक जीतबहादुर पुनले बताउनुभयो । 

पुनका अनुसार गोठ गाउँभन्दा अलि टाढा रहेकाले घटनाका बारेमा सोमबार बिहान १० बजे मात्र थाहा भएको थियो । रोल्पामा वर्षायाम सुरु भएसँगै गाई गोठ सार्ने चलन रहको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया