माैसम : शुक्रबार दिउँसाे मध्य तथा पूर्वकाे पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना

 माघ १७, २०७६ शुक्रबार ७:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ ।

यस्तै मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने पश्चिम तराईको केही क्षेत्रमा कुहिरो लागेको छ । अहिले नेपालको पूर्वी भूभाग नजिक निम्न चापीय प्रणाली रहेकोले पूर्वमा बादल तथा कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानीसमेत पर्ने विभागले जनाएको छ । राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागकाे मौसम सफा रहने विभागले जनाएको छ । 

शनिबार दिउँसाे पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

शनिबार राति उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाकाे अनुमान छ।

आइतबार भने पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागकाे मौसम सामान्यतया सफा रहनेछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया