शुक्रबार काठमाण्डाैमा पानी पर्ने सम्भावना छैन : माैसमविद्

 माघ १७, २०७६ शुक्रबार ८:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ ।

यस्तै तराईमा हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले बदली भए पनि बिस्तारै मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले पूर्णरुपमा बदली भएको काठमाण्डाैमा केहीबेरपछि बिस्तारै घाम लाग्नेछ । साथै शुक्रबार काठमाण्डाैमा पानी पर्ने सम्भावना नभएको पनि उहाँले बताउनु भयो ।

तर मध्य र पूर्वको एक दुई ठाउँमा भने दिउँसोपछि हल्का पानी पर्ने उहाँको अनुमान छ । शुक्रबार देशभरिकै मौसम एकैछिन खुल्दै बादल लागे पनि पानी पर्ने सम्भावना भने निकै कम भएको पनि मौसमविद् शाक्यले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया