पहाडमा पानी र हिमालमा हिउँ पर्ने सम्भावना

 माघ १८, २०७६ शनिबार ७:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शनिबार पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने मौसमविदले बताएका छन् । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ । अरु ठाउँमा भने सामान्य बदली रहनेछ ।

कमजोर पश्चिमी निम्नचापीय प्रणालीको प्रभावले मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही प्रणालीको कारण मध्य तथा पश्चिमी पहाडी भेगमा केही दिनदेखि आंशिक बदली भइरहेको छ ।

भोलि र पर्सि पानी तथा हिउँ पर्ने सम्भावना नभए पनि सामान्य बदली भने हुने मौसमविदको भनाई छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरोका कारण घाम नलाग्ने तथा उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपात हुने भएकाले चिसोबाट बच्न पनि मौसमविदले आग्रह गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया