लमजुङमा वन डढेलोमा परेर एक महिलाको ज्यान गयाे

 माघ १८, २०७६ शनिबार १६:४२:१६ | श्यामशितल परियार

लमजुङ – लमजुङको क्वहोलासोँथर गाउँपालिका–९, टक्सार वनमा शुक्रबार लागेको डढेलोमा परेर एक महिलाको ज्यान गएको छ ।

वनमा लागेको डढेलोबाट क्वहोलासोँथर गाउँपालिका–८, घर भएर कास्कीको रुपा गाउँपालिका पिप्ले बस्दै आउनुभएकी अन्दाजी ३५ वर्षकी ज्योति परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार घरबाट पोखरा जान हिँड्नुभएकी परियारको वनमा लागेको डढेलाेमा परेर ज्यान गएको हो । 

डढेलोमा परेर घाइते भएकी परियारलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा शुक्रबार साँझ साढे सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया