कतारका राजा काठमाण्डाैमा
बैशाख ११, २०८१ मंगलबार
संखुवासभा - संखुवासभामा एउटी १७ वर्षीय किशाेरीलाई जबर्जस्ती करणी गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
गएको पुस २२ गते ती किशाेरीलाई जबर्जस्ती करणी गरेर भागेका मोरङ जिल्ला बेलबारी नगरपालिका-३ घर भएका २४ वर्षीय राजु भन्ने धनबहादुर परियारलाई प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो ।
उहाँको अनुसार संखुवासभा जिल्ला अदालत चैनपुरबाट पक्राउ पुर्जी जारी भएर खोजतलास भइरहेका परियारलाई तेह्रथुम जिल्ला छथर गाँउपालिका-१, डङडङगे भन्ने ठाउँबाट इलाका प्रहरी कार्यालय वसन्तपुर, तेह्रथुमसँग आवश्यक समन्वय गरी पक्राउ गरिएको हाे ।
पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा ल्याएर थप अनुसन्धान भइरहेको छ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।