न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डौ – सरकारले मास्कको माग बढेकाले औषधि व्यवस्था विभागलाई यसको उत्पादन बढाउन निर्देशन दिएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै मास्कको उत्पादन बढाउन निर्देशन दिएको हो ।
डाक्टरले कोरोना भाइरसको जोखिमबाट बच्न माक्स लगाउन सुझाव दिँदै आएका छन् । कोरोना भाइरसको जोखिम बढेसँगै नेपालमा पनि मास्कको माग बढेको छ ।
मास्कको माग बढ्न थालेपछि कालोबजारी बढेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । स्वास्थ्य कालोबजारी नियन्त्रण गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्देशन दिनुभएको छ ।
यस्तै अहिले मास्क निर्यात रोकेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
‘नेपालमा उत्पादन भइरहेका सबै मास्कले सुरक्षित राख्न नसक्ने भएकाले ‘थ्री फोल्ड’ माक्सको उत्पादन बढाउन औषधी विभागलाई निर्देशन दिइसकेको पनि उहाँले बताउँनु भयो । अहिले दैनिक तीन हजार माक्स उत्पादन गरेको विभागलाई सक्दो धेरै उत्पादन गर्न निदेर्शन उहाँको भनाई छ