भक्तपुरबाट बालिका अपहरण गरेर १६ लाख फिरौती माग गर्ने अपहरणकारी पक्राउ

 माघ १९, २०७६ आइतबार २०:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – प्रहरीले भक्तपुरको सूर्यविनायकबाट अपहरणमा परेकी ६ वर्षीया बालिकालाई सूर्यविनायक-७, घ्याम्पेडाँडाबाट अपहरणुक्त गरी अपरहरणकारीलाई नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले बालिका अपहरणमा संलग्न सर्लाही लालबन्दी–५ घर भइ भक्तपुर बोडेमा बस्दै आएका २० वर्षीया आशिष थापालाई पक्राउ परेको छ । थापाले फिरौती वापतको १६ लाख रुपैयाँ ठिमीमा रहेको भाटभटेनीमा ल्याएर दिन भनेका थिए । उनलाई घ्याम्पे डाँडामा लगेर पछाडि हात बाँधेर राखिएको प्रहरीले जनाएको छ । 

महानगरीय अपराध महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको टोलीले बालिका अपहरणमा परेको ५ घन्टापछि अपहरण मुक्त गरेको हो  । उनी निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्दै आएकी छिन् । 

बालिका रोइकराइ गर्न थालेपछि घुम्न आउने मानिसले आवाज सुन्ने डरले बालिकालाई छाडेर थापा भागेको बताइएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया