‘जन्मजातै ‘टाइमिङ’ को ज्ञान भए संगीत सिकेर निखारिन सकिन्छ’

 जेठ १०, २०७५ | दिलिप कुमार ज्याेति
unn.prixa.net

काठमाडौं, जेठ १० – मानव सभ्यताको सुरुवात सँगै संगीत संस्कृति गाँसिएर आयो । जन्मदेखि मृत्युसम्मका संस्कारमा संगीत जोडिन्छ । हाम्रा दैनिक क्रियाकलापमा पनि ‘रिदम’ र ‘मेलोडी’ जोडिएको छ । फरक यत्ति हो, नियमित र अनुशासित छैन । त्यसैले त कहिलेकाहीँ हामी भन्छौँ, के ताल के ताल हत्तेरिका जिन्दगीको सुरताल नै मिलेन । 

यही नियम र अनुशासन संगीतका बाजादेखि गायन र वादनसम्म लागु हुन्छ । समयको निर्धारित परिधिभित्र रहेर नियमित आघात गर्दा त्यो बाजा कर्णप्रिय र लयवद्ध हुन्छ । संगीतमा सबैको पहुँच हुन्छ, तर गायन र वादनमा हुँदैन । कसैको गायनमा मात्र र कसैको वादनमा मात्र क्षमता हुन्छ । थोरै प्रतिभाशाली व्यक्तिको जीवन मात्र सुर, ताल र लयबद्ध हुन्छ । हामी माझ पनि यस्ता थोरै प्रतिभा छन्, जो संगीत संयोजन, संगीत र गायन तीनै विधालाई दैनिकीमा उतारिरहेका छन् । 

‘पानीको फोका जस्तै’ ‘आँसु पिएर’, ‘कागजमा लेखिए च्यातिन सक्छ’, ‘प्रेम दिवस’, चलचित्र ब्लाइण्ड रक्सको ‘उड्यो मन’ लगायत सैयौं जीवन्त गीत संगीतका स्रष्टा हरि लम्साल त्यस्तै थोरै प्रतिभामा पर्छन् । नेपाली सुगम संगीतको क्षेत्रमा दुई दशकदेखि क्रियाशील लम्साल नवलपरासीको कावासोतीमा साधारण किसान परिवारमा जन्मेका हुन् । 

जसको जीवनसुर, लय र तालसँग मिलेर मिठो मेलोडीका रुपमा नेपाली सांगीतिक आकाशमा गुञ्जयमान छ । संगीतप्रेमी पिता, साथीभाइ र शिक्षकको प्रेरणाबाट संगीतमा लागेका उनले १२ सय भन्दा बढी गीतमा संगीत भरेका छन् । प्रस्तुत छ, लम्सालसित दिलिपकुमार ज्योतिले गरेको कुराकानी । 

संगीत संयोजक, संगीतकार, गायक साथै आफ्नै स्टुडियोमा आफै रेकर्डिष्ट । हरि लम्साल आफैमा एउटा गीत, ‘मल्टीडाइमेन्सनल पर्सनालिटी’ हो भन्दा कस्तो लाग्छ  ?

(लामो हाँसो) आफूले आफैलाई त कसरी भन्नु । तपाईँले भन्नुभो, खुशी लाग्यो ।

के मा व्यस्त हुनुहुन्छ ?

चलचित्र र केही नयाँ गीति संग्रहको काम हुँदैछ । एकल गीतहरुमा पनि काम गर्दैछु । 

चलचित्र ब्लाइण्ड रक्सको गीतको चर्चाबारे के भन्नुहुन्छ ?

‘क्लासिकल प्याट्रन’को हुनाले सबैले मन पराउनुभयो । फेरि गोपाल रसाइलीको संगीत संयोजन, नरेश भट्टराईका शब्द र बानीका प्रधानको स्वरले गीतमा सौन्दर्य थपेको छ ।

 
मेरो विषय गायन हो । शास्त्रीय संगीतको औपचारिक कोर्ष पूरा गरेको छु । विशेषज्ञता नै भन्दा पनि तीन वर्ष गिटार र किबोर्डको क्लास लिएको छु । व्यावसायिक नै नभए पनि सबै बाजा बजाउन आउँछ ।

संगीत संयोजक, संगीतकार वा गायक । केमा सहज महसुस गर्नुहुन्छ?

सबै सजिलो लाग्छ । एकै विषयका तीन धार हुन यी । संगीत अनुरागीले ‘म्युजिक कम्पोजर’को रुपमा बढी माया गर्नुभएको छ ,त्यसमै ‘फोकस’ छु । आवाज र घाँटीको प्रकृति सुहाउँदो गीत मात्र गाउँछु । अरु एरेन्जर व्यस्त हुँदा विदेशबाट आएका ‘लिरिसिष्ट’ र गायक, गायिकाको काम चाँडै गर्नुपर्ने अवस्थामा एरेन्ज गर्छु । कतिपय अवस्थामा आफूले गर्न खोजेको प्याटर्नको गीत छ भने आफै पनि गर्छु । 

पहिलो ‘कम्पोजिसन’ याद छ ?

याद छ । संगीत सिक्न सुरु गरेको झण्डै २ वर्षमा नाताले भिनाजु पर्ने तीर्थराज बस्ताकोटीका शब्द र मेरो संगीतमा वरिष्ठ गायक तथा संगीतकार सुरेश अधिकारीले गाउनु भएको थियो, ‘नरोए प्रिया’ बोलको गीत । २०५८ सालतिरको कुरो हो यो । 

पहिलो पटक देखेको र बजाएको बाजा कुन हो ?

मादल । गाँउघरमा मादलै बजाइन्छ । 

कुनै विशेष बाजामा विशेषज्ञता हासिल गर्नुभएको छ कि ?

मेरो विषय गायन हो । शास्त्रीय संगीतको औपचारिक कोर्ष पूरा गरेको छु । विशेषज्ञता नै भन्दा पनि तीन वर्ष गिटार र किबोर्डको क्लास लिएको छु । व्यावसायिक नै नभए पनि सबै बाजा बजाउन आउँछ ।

मैले संगीत नै गर्नुपर्छ भन्ने चाहिँ कहिलेदेखि लाग्यो ?

सांगीतिक क्रियाकलापमा सानैदेखि अगाडि थिएँ । कक्षा ८ मा पढ्दा नै संगीतमा केही गर्छु भन्ने आत्मविश्वास थियो । अप्ठेरो परिस्थितिका बाबजुद काठमाडौं आएर आदरणीय गुरु चन्दनकुमार श्रेष्ठसँग शास्त्रीय संगीत सिक्न थालेँ । त्यसपछि यही क्षेत्रमा केही गर्न सक्छु भन्ने थप ‘कन्फिडेन्स’ बढ्यो । 

बेकारमा संगीतमा लागिएछ भन्ने पनि लाग्यो होला नि कहिलेकाहीँ ?

मेरो रुचिको विषय हो गीतसंगीत । जतिबेला म गान्धर्व संगीत विद्यालयमा संगीत सिक्दै थिएँ, गायनलाई असर पर्ला भनेर मुख बारियो । दिनको १३–१४ घण्टा रियाज गरिन्थ्यो । त्यो बेला पोषणको कमी र बढी रियाजका कारण मेरो घाँटीको झिल्लीमा केही समय समस्या भयो । त्यसबेला केही समय मानसिक तनावबाट गुज्रिनुपर्‍यो । तर मैले तन, मन, धन नै संगीत मानिसकेको थिएँ । 

संगीतलाई कसरी व्याख्या गर्नुहुन्छ ?

मानव सभ्यताको सुरुवातसँगै अभिन्न रुपमा जन्मेको संस्कृति हो संगीत । जिन्दगीका उकाली ओरालीमा सुस्केरा हाल्ने थलो पनि हो संगीत ।

 
लोक संगीतलाई अलिकति ‘मोडर्नाइज्ड’ गरेर शास्त्रीय संगीतका केही सुत्र त्यसमा प्रयोग गरेपछि एउटा आधुनिक संगीतको जन्म हुन्छ । त्यसैले लोक, शास्त्रीय, आधुनिक वा पप संगीत सबै हाम्रै हुन् । सबैले एकअर्काको अस्तित्व स्वीकार्नु पर्छ । एकआपसमा तँ सानो र म ठूलो भन्नु जुँगाको लडाईं मात्र हो । 

नेपाली कालजयी र स्वर्णकालीन संगीतले जुन बाटो कोरेको थियो । त्यो बाटोमै छौँ त हामी अहिले ?

समय र परिस्थिति अनुसार नयाँपन थपिनु स्वभाविक हो । कालजयी गीत संगीत नेपाली संगीत क्षेत्रको स्वर्णकालीन समय थियो । महिनौँ ‘रियाज’ र अभ्यासपछि ‘लाइभ रेकर्ड’ गरिन्थ्यो । रेकर्डिङ र प्रसारण गर्ने संस्था रेडियो नेपाल मात्र थियो । एउटा गीत राम्रो बन्यो भने देशभर चर्चित भइन्थ्यो । गीत सुन्नका लागि मात्रै तयार गरिन्थ्यो । त्यस किसिमका गीत अहिले बनाउन कठिन छ । व्यावसायिक रुपमा पनि त्यस्ता गीतले बजार पाउन गाह्रो छ । स्वर्णकालीन संगीतका विविध पाटालाई अनुशरण गर्दै आजको अत्याधुनिक गीतहरु निर्माण भएका हुन् । यो सकारात्मक पक्ष हो । 

नेपाली गीत संगीतमा तीन खालका धार देखियो, लोक, शास्त्रीय र आधुनिक । यी तीनै खालका गीत संगीत अभ्यास गर्नेहरु आफू नै मूलधार भएको दावी गर्छन् । यिनको मिलनविन्दु कहाँ छ ?

हाम्रो माटोको सुवास आउने संगीत लोक संगीत नै हो । यसमा दुईमत छैन । शास्त्रीय संगीत संगीतको व्याकरण हो, त्यो जानियो भने गीत संगीत बुझ्न सजिलो हुन्छ । कुरा रह्यो आधुनिक संगीतको । लोक संगीतलाई अलिकति ‘मोडर्नाइज्ड’ गरेर शास्त्रीय संगीतका केही सुत्र त्यसमा प्रयोग गरेपछि एउटा आधुनिक संगीतको जन्म हुन्छ । त्यसैले लोक, शास्त्रीय, आधुनिक वा पप संगीत सबै हाम्रै हुन् । सबैले एकअर्काको अस्तित्व स्वीकार्नु पर्छ । एकआपसमा तँ सानो र म ठूलो भन्नु जुँगाको लडाईं मात्र हो । 

बलिउडको गीत संगीतमा जुन किसिमले मौलिक बाजा र भाषाको अस्तित्व संकटमा परेको छ । त्यसले हाम्रो संगीतमा असर गर्छ ?

एकदमै सान्दर्भिक कुरा उठाउनुभयो । अवश्य पनि मौलिक बाजा र भाषामाथि बाहिरी संक्रमण रह्यो भने त्यो देशको संगीतलाई र संस्कृतिलाई घाटा नै पुर्‍याउँछ । प्रविधिका कारण संसार साँघुरिएको छ । संसारको एक कुनाको संगीत ‘रिलिज’ हुने बित्तिकै अर्को कुनामा पुग्छ । प्रविधिले बनाएको सहजता हो यो । तर अर्कोतर्फ सांस्कृतिक अतिक्रमणको सम्भावना पनि त्यत्तिकै छ । भाषा सँगै बाजा नै संकटमा पर्नु चाहिँ अस्तित्व नै गुम्नु सरह हो । नेपाली गीतसंगीत बलिउडबाट धेरै प्रभावित छ । 

हाम्रोभन्दा उत्कृष्ट प्रविधि उनीहरुसँग छ । ठूलो प्रतिस्पर्धा पछि मात्रै बलिउड म्युजिक इण्डष्ट्रिमा प्रवेश पाइन्छ । किनभने त्यहाँको जनसंख्या पनि धेरै छ । अब्बल मानिसको संख्या हाम्रोमा भन्दा त्यहाँ धेरै छ । खुल्ला सिमाना, भाषिक र सांस्कृतिक रुपमा निकट भएकाले बलिउडको प्रभाव पर्नु स्वभाविक हो । प्रविधि र गीत संगीतका ‘टेक्निकको’ सिको उचित हो, तर दुरुस्तै उतार्नु कमजोरी हो । यस विषयमा सबै पक्ष सचेत हुनपर्छ । नेपाली गीत संगीतलाई धेरै प्रवद्र्धन र प्रोत्साहन गर्नुपर्ने बेला भएको छ । 

 
व्यावसायिक र द्रूतलयका अथवा विशेष गरी स्टेज पर्फमेन्स गर्नका लागि तयार पारिने गीत संगीतका कारण हाम्रा प्रचलित केही ताल छायाँमा परेका हुन् । द्रूत लयका कहरवा र खेम्टा तालले बजार चुटेको अवस्था छ । जसले गर्दा नेपाली गीतमा  विविधताको आभाष खड्किएको छ ।

‘अटो ट्यूनर’ (सुर नलागेको ठाउँमा घटाएर वा बढाएर सुर मिलाउने सफ्टवेयर)को प्रयोग गरेर सुर, तालको ज्ञान नभएकाहरु गायक भइरहेका छन् । संगीतकार संघको कोषाध्यक्ष हुनुहुन्छ, अथवा निर्णायक ठाउँमा हुनुहुन्छ । यो विषयलाई कसरी लिनु भएको छ ?

व्यावसायिक रुपमा सफल मानिए पनि संगीतमा विकृतिका रुपमा मौलाइरहेको चिज हो यो । गीत रेकर्डिङ गरेर शौख पूरा गर्न पाईन्छ । तर पैसाको भरमा गायक गायिका बन्ने फेसन अहिले नेपाली संगीत क्षेत्रमा छ, यसको अन्त्य चाँडै हुनेछ । संगीतकार संघले अब परिचय पत्रको व्यवस्था गर्दैछ । संगीतसँग आवद्घ भएको समय, योगदान र अन्य विषयलाई हेरेर संगीतकार, गायक, गायिकालाई कार्डको व्यवस्था हुनेछ ।

प्रतिभाबिना अटो ट्यूनर प्रयोग गरेर, शौख र पैसाको भरमा कलाकार बन्ने प्रवृत्तिको अन्त्य हुनेछ । लगानी गरेर गीत गाउने अधिकार सबैलाई छ ।  तर संगीतसँग अन्तरनिहित विधानको पालना गर्नु सबैको कर्तव्य हो । 

केही समयअघि सुगम संगीतका चलेका कलाकारले बलिउडको गीतको कभर भर्जन बजारमा ल्याएको देखियो । यसको सकारात्मक नकारात्मक के प्रभाव रहन्छ ?

विश्वका कुनै पनि भाषाका गीत गाउन पाउने अधिकार प्रत्येक नेपालीलाई छ । चर्चित कलाकारले विदेशी भाषाको चर्चित गीत गायो भन्ने प्रसंग यहाँले उठाउनु भयो, यो व्यक्तिगत कुरा हो । सकभर हाम्रा कालजयी गीतहरुको कभर भर्जन बनाउनु राम्रो हो । संगीतकार संघको विधानमा पुराना वा चलेका गीतको कभर भर्जन निकाल्नु अगाडि सम्बन्धित स्रष्टासँग अनुमति लिनुपर्छ । अन्यथा कानुन अनुसार कारवाही भोग्न तयार हुनुपर्‍यो ।

सुगम संगीतमा १०/१२ वटा ताल प्रचलनमा छ । ६० को दशकपछि परम्परागत तालमध्ये नेपाली गीत संगीतमा २/३ प्रकारका मात्रै प्रयोगमा छन् । ती तालहरुको प्रयोगबाट हामी चुकेका हौँ ?

शब्दले तालको परिधिलाई निर्धारण गर्छ । साथमा ताल परिवर्तन पनि सम्भव छ । व्यावसायिक र द्रूतलयका अथवा विशेष गरी स्टेज पर्फमेन्स गर्नका लागि तयार पारिने गीत संगीतका कारण हाम्रा प्रचलित केही ताल छायाँमा परेका हुन् । द्रूत लयका कहरवा र खेम्टा तालले बजार चुटेको अवस्था छ । जसले गर्दा नेपाली गीतमा  विविधताको आभाष खड्किएको छ ।

संगीत जन्मजातै आउने चीज हो कि वा सिकेर जानिन्छ ?

संगीत सिकेर भन्दा पनि स्वस्फुर्तः रुपमा आउने कुरा हो । जन्मजातै ‘टाइमिङ’को ज्ञान छ भने चाहिँ संगीत सिकेर आफूलाई निखार्न सकिन्छ । सुर सिक्न सकिन्छ, तर ताल सिक्न सकिन्न ।

दिलिप कुमार ज्याेति

कला मनाेरञ्जनमा कलम चलाउने ज्याेतिलाई फेसबुकमा भेट्न सकिन्छ। 

 

तपाईको प्रतिक्रिया