'बुधबारसम्म देशभरिकै माैसम सफा रहने, तत्काल पानी र हिउँ पर्ने प्रणाली देखिएकाे छैन'

 माघ २१, २०७६ मंगलबार ७:१८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साेमबारदेखि आउँदाे तीन दिन देशभरिकै माैसम सफा रहने मौसमविद्ले बताएका छन् ।

तत्काल पानी र हिउँ पार्ने प्रणाली नदेखिएकाले साेमबार, मङ्गलबार र बुधबार देशभरिकै मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो पहाडी क्षेत्रको मौसममा आंशिक बदली भए पनि अन्य ठाउँमा पारिलो घाम लाग्नेछ । यस्तै राति पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ ।

अब तापक्रम पनि बिस्तारै बढ्ने माैसमविद् मानन्धरले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया