काठमाडौंमा ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै

 साउन ७, २०७५ सोमबार १९:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –नेपालमा अन्तर्राष्ट्रिय स्तरको ग्लोबल साइबर सेक्युरिटी समिट हुने भएको छ । 

‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने मूल नाराका साथ आउँदो बिहीबार र शुक्रबार काठमाडौंमा ग्लोबल साइबर सेक्युरिटी समिट आयोजना गर्न लागिएको हो । 

सम्मेलनमा साइबर कानुन, नीति र त्यसका सुरक्षाका विषयमा गहन छलफल हुने इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष चिरञ्जीवि अधिकारीले जानकारी दिनुभयो ।

साइबर अपराधको घटना बढिरहेका बेला नेपालमा त्यस्ता  जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्न सम्मलेन आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । 

सम्मेलनमा साइबर सुरक्षाको बारेमा प्राविधिक, कानुनी तथा जनचेतनामूलक कार्यक्रमका बारेमा ठोस धारणा तय गर्ने दावी पनि गरिएको छ । विश्व प्रसिद्ध आइटी र नेटवर्किङ कम्पनी सिस्कोको मूल प्रायोजनमा आयोजना हुने २ दिने समिटमा सूचना प्रविधि क्षेत्रमा आवद्ध व्यवसायीहरु, सुरक्षा अधिकारीहरु र यस क्षेत्रका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहनेछ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया