पश्चिमी वायु फेरि सक्रिय हुँदै, पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातकाे सम्भावना

 माघ २२, २०७६ बुधबार ८:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुधबार र बिहीबार पूर्वी पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहे पनि अन्य ठाउँको मौसम भने सफा नै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार र बिहीबार हिउँ र पानी पार्ने कुनै प्रणाली सक्रिय नहुने तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम भने एकैछिन खुल्दै बादल लाग्ने सम्भावना छ ।

तर शुक्रबार पानी र हिउँ पार्ने पश्चिमी वायु प्रवेश गर्ने देखिएको उहाँले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावले शुक्रबार पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने मौसमविद् बासीको अनुमान छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया