बाँकेमा घुससहित नापी सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

 माघ २२, २०७६ बुधबार १८:१७:२० | गोविन्द शर्मा
unn.prixa.net

 बाँके – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपालगञ्जबाट बुधबार दुई जनालाई पक्राउ गरेको छ । 

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले नापी सर्वेक्षक यामबहादुर खत्री र लेखापढी व्यवसायी प्रताप केसीलाई ३५ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेकाे हाे । 

जग्गाको हालसाविक कायम गर्ने क्रममा सेवाग्राहीसँग घुस रकम लिएपछि अख्तियारको टोलीले खत्रीलाई पक्राउ गरेको अख्तियारको सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । 

खत्रीले लेखापढी व्यवसायी प्रताप केसीमार्फत सेवाग्राहीसँग घुस रकम बुझेको अख्तियारले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया