विप्लव समूहका जिल्ला सदस्यद्वारा पार्टी परित्यागको घोषणा

 माघ २२, २०७६ बुधबार १८:२५:१९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा नेकपा विप्लव समूहका जिल्ला सदस्य गोबिन्दबहादुर विकले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । गुल्मी मुसिकोट नगरपालिका ८ वामी मैदानका ४२ वर्षीय विकले बुधबार विज्ञप्ति निकालेर गरी आफूले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

चार वर्ष अघिदेखि विप्लव नेतृत्व समूहमा आबद्ध भए पनि विगत तीन वर्षदेखि आफू भारतमा काम गर्दै आएकोले उक्त समूहको कुनै पनि जिम्मेवारी समितिमा रही आफूले काम नगरेको विज्ञप्तिमा उल्लेख छ ।

विप्लव समूहमा लागेको आशंकामा प्रहरीले पक्राउ गरी आफूलाई गएकाे ११ दिनदेखि प्रहरी हिरासतमा राखेकाे भन्दै विकले पारिवारिक कारण देखाउँदै पार्टीका कुनै पनि क्रियाकलापमा संलग्न नरही स्वतन्त्र नागरिकको रुपमा जीवन यापन गर्न चाहेको बताउनु भएकाे छ । 

विकलाई व्यक्तिगत कामको लागि बुटवल जाने क्रममा गत माघ १२ गते गुल्मीको सदरमुकाम तम्घासमा रहेकाे उदिनढुंगाबाट प्रहरीले पक्राउ गरेको थियो । प्रशासनले पछिल्लो समयमा जिल्लामा विप्लव समूहको गतिविधिहरुमाथि कडा निगरानी गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया