बाँकेमा साेह्र वर्षमै सन्तानको बिहे गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन : दुई जना पक्राउ

 माघ २३, २०७६ बिहिबार २०:८:४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - १६ वर्षमै सन्तानको बिहे गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जमा विरोध प्रदर्शन गर्ने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जको धम्बोझीबाट जानकी-६, का रामदेव मिश्रा र डुडुवा-३ की फुलमती पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । केही महिनाअघिदेखि पालिकामा घेराउ तथा प्रदर्शन गर्दै आएका उनीहरुले बिह‍ीबार पुन प्रदर्शन गरेका हुन् ।

२० वर्ष नपुगी विवाह गर्न नपाइने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने भएकाले कानुन परिवर्तन गर्नुपर्ने मागसहित विरोध प्रदर्शन
गरिएको मप्रदर्शनका सहभागीहरुले जनाएका छन्। 

अन्तिम अपडेट: फागुन ३०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया