'पश्चिमी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना, ठूलो पानी वा हिउँ पर्ने सम्भावना भने छैन'

 माघ २४, २०७६ शुक्रबार ८:१३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबार दिउँसो पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण दिउँसोकाे समयमा पश्चिममी पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात र वर्षाको सम्भावना रहे पनि तत्काल ठूलो पानी वा हिउँ पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा शुक्रबार राति पनि सामान्य हिमपात र हल्का वर्षाको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

अहिले देशको पहाडी भेगको केही ठाउँमा आंशिकदेखि सामान्य बादल लागेको र बाँकी ठाउँमा सामान्यतया मौसम सफा रहेको उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया