आजको मौसम : पहाडमा पानी र हिमालमा हिउँ पर्ने

 माघ २५, २०७६ शनिबार ८:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शनिबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । 

पश्चिमी न्यून–चापीय प्रणालीको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे । 

अन्य ठाउँमा भने एकैछिन घाम लाग्दै बादल लाग्ने महाशाखाले जनाएकाे छ।  मौसम बदली भएका कारण केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया