म्युजिक नेपालविरुद्ध ठगीको मुद्दा हाल्दै सर्जक, अदालतबाट न्याय मिल्ला?

 माघ २५, २०७६ शनिबार १७:५६:७ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डाै - झण्डै पचास हजार गीत संगीतको प्रतिलिपि अधिकार आफैसँग राखेर आम्दानी गरिरहेको म्युजिक नेपाल कम्पनीविरुद्ध सर्जक तथा स्रष्टाहरुले मुद्दा हाल्ने भएका छन् ।

रेडियो नेपालमा संकलित गीत संगीत अनुमति नलिइकनै प्रतिलिपि अधिकार दावी गरिरहेको गर्दै आम्दानी गरिरहेको म्युजिक नेपालले आफूहरुलाई रोयल्टी नदिएको भन्दै स्रष्टाहरुले कानुनी उपचार खोज्ने भएका हुन ।

झण्डै १५ वर्षदेखि गीत संगीतको प्रवर्द्धन गर्न सुरु गरेको म्युजिक नेपालमाथि झण्डै ५० हजार गीत संगीतको प्रतिलिपि अधिकार लिएको आरोप छ । सुरुमा सीडी, डीभीडी, त्यसको सीआरबिटी र पीआरबीटीबाट कमाइ गर्ने म्युजिक नेपाल अहिले पनि यूट्यूब लगायत डिजिटल प्रविधिबाट सर्जकका सिर्जना बेचेर आम्दानी गर्दै आएको छ ।

तर म्युजिक नेपालले भने आफूले सम्झौता गरेर प्रतिलिपि अधिकार लिएर सर्जकलाई रोयल्टी दिँदै आएको दावी गर्दै आएको छ ।

आफ्नो रचना, सिर्जना र लगानी रहेको गीतलाई आफ्नो भन्न नपाएका तथा आम्दानी पनि नपाएर आन्दोलित भएका सर्जक अदालतमा मुद्दा हालेपछि मात्रै न्याय पाउने आशमा छन ।

‘वर्षौँदेखि आफ्नो गीत आफ्नो भन्न पाइएको छैन । त्यसबाट आम्दानी त परको कुरा । यसरी ठगी र बदमासी गर्ने म्युजिक नेपाल कम्पनिमाथि मुद्दा हाल्दैछौँ । अदालतले न्याय देला नि?’ उहाँले भन्नुभयो ।

म्युजिक नेपालले खरेलसँगै नारायणगोपाल, अम्बर गुरुङ, भक्तराज आचार्य, अरुणा लामा, प्रेमध्वज प्रधान, तारादेवीका स्वरमा सजिएका सर्जकलाई नसोधिकनै सिर्जनामा आफ्नो हकदाबी गरिरहेको छ । बेला बेला केही कलाकारलाई थोरै रोयल्टी दिने, सम्झौता गर्ने भएपनि त्यो बाहना बनाएर म्युजिक नेपालले शोषण गरिरहेकाले मुद्दा हाल्नुको विकल्प नभएको खरेलको भनाइ छ ।

‘विगतमा हामीलाई त्यति जानकारी थिएन । तर अहिले नयाँ आएका सर्जक र स्रष्टालाई यो ठगीबारे राम्ररी जानकारी रहेछ । हामीले पनि बल्ल कुरा बुझ्यौँ’, उहाँले भन्नुभयो, ‘अब अदालतबाटै छिनोफानो होस\ भन्ने चाहन्छौँ ।’

अनुमति नलिइकनै कसैको सिर्जना आफ्नो हकदावी गर्नेमाथि दशहजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना वा ६ महिना कैद सजाय हुने व्यवस्था छ । प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार पटक पटक सिर्जना चोरी अथवा हकदावी गरे २० हजार रुपैयाँदेखि दुई लाखसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • Krishna Aryal

    Feb. 8, 2020, 6:16 p.m.

    Who is Kharel? Try to give complete information.

  •  0 Reply

तपाईको प्रतिक्रिया