कोरोना भाइरसको असर जलविद्युत आयोजनामा : विकल्प खोज्दै सरकार

 माघ २६, २०७६ आइतबार ९:५९:२२ | अर्जुन पोख्रेल
unn.prixa.net

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष असर नेपाललाई पनि पर्न थालेको छ । चीनमा रहेका नेपाली र यहाँ रहेका आफन्त त चिन्तामा छन् नै । कोरोना भाइरसकै कारण विकास निर्माणका काममा पनि असर पर्न थालेको छ । 

कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्र र वस्तु आयात निर्यातमा समस्या परेको  छ । सबैभन्दा ठूलो समस्या जलविद्युत क्षेत्रमा परेको छ । 
विद्युत प्राधिकरणले बनाइरहेका सबैजसो आयोजना कोरोनाको कारण प्रभावित छन् ।

४ सय ५० मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका ६ जना चिनियाँ कर्मचारी नयाँ वर्ष मनाउन गएकोमा अझै फर्किएका छैनन् । यसले काममा ठूलो असर त गरेको छैन, तर उनीहरुले गर्दै आएको काममा असर परेको छ । 

१ सय २ मेगावाटको मध्यभोटेकोशी आयोजनाका कामदार पनि फर्किएका छैनन् । १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना अन्तिम चरणमा छ । तर आयोजनाको ठेकेदार कम्पनी सीडब्ल्यु चाइनाका कामदार नयाँ वर्ष बनाउन चीन गएकोमा अझै फर्किएका छैनन  । रसुवागढीमा विद्युत उत्पादनको लागि चाहिने उपकरण पनि आइपुगेका छैनन । 

नुवाकोटको किस्पाङमा बनिरहेको ३७ मेगावाट क्षमतामा माथिल्लो त्रिशुली थ्री बी आयोजना कोरोना भाइरसको कारण सबैभन्दा धेरै प्रभावित भएको छ । त्रिशुली जलविद्युत कम्पनीका कार्यकारी प्रमुख माेहन गौतमका अनुसार यहाँका ५० जना कामदार पुसको पहिलो हप्ता नयाँ वर्ष मनाउन चीन गएका थिए । तर अहिलेसम्म ५ जना मात्रै फर्किएका छन् । अरु फर्कने टुंगो छैन । 

आयोजनाको सुपरभाइजरदेखि कामदारसम्म सबै चिनियाँ रहेकाले उनीहरुविना यहाँ रहेका कामदारले पनि काम गर्न पाएका छैनन् । आयोजनाको सुरुङको लागि ३ ठाउँबाट काम हुनुपर्नेमा त्यो भएको छैन । पावरहाउसको लागि इलेक्ट्रोमेकानिकल सामाग्री आउन पाएका छैनन् । 

‘मैले चीनमा रहेको ठेकेदार कम्पनीको मुख्यालयमा सम्पर्क गरेको छु, उनीहरुले फेव्रुअरी ९ तारिखसम्म घर छाड्न सरकारले नदिएको र त्यसपछि थप अपडेट गराउने भनेका छन्, त्यसैले उनीहरु कहिले आउँछन् भन्ने नै टुंगो लागेको छैन’ कार्यकारी प्रमुख माेहन गौतमले उज्यालो अनलाइनसँग भन्नुभयो । 

यस्तै १ सय २ मेगावाटको मध्यभोटेकोशी आयोजनाका कामदार पनि फर्किएका छैनन् । १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना अन्तिम चरणमा छ । तर आयोजनाको ठेकेदार कम्पनी सीडब्ल्यु चाइनाका कामदार नयाँ वर्ष बनाउन चीन गएकोमा अझै फर्किएका छैनन  । रसुवागढीमा विद्युत उत्पादनको लागि चाहिने उपकरण पनि आइपुगेका छैनन । 

साञ्जेन जलविद्युत आयोजनाको काम पनि कोरोनाकै कारण प्रभावित भएको छ । 

यस्तै १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनामा पनि सिनो हाइड्रोका साइट व्यवस्थापक चीनबाट फर्किएका छैनन, थप काम ल्याउने काम प्रभावित भएको छ । यस्तै कोरोनाकै कारण साञ्जेल जलविद्युत आयोजनामा पुर्ण क्षमतामा काम भैरहेको छैन।

निजी क्षेत्र भन्छ : भूकम्पले भन्दा ठूलो क्षति कोरोनाबाट हुने भयो

स्वतन्त्र उर्जा उत्पादकको संस्थान इप्पान नेपालले चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालका जलविद्युत आयोजना अस्तव्यस्त भएका जनाएको छ । काम सकिनै लागेका दोर्दी कोरीडोरका ४ वटा परियोजना, न्यादी जलविद्युत, दोलखा, रामेछाप, कास्कीको मर्दी खोलामा बनेकासहित ४० वटा जलविद्युत आयोजनामा कामदार र उपकरणको अभाव रहेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

‘नेपालमा निर्माण भैरहेका सबैजसो आयोजनामा चिनियाँ कामदार र सामग्रीको प्रयोग भैरहेको छ, कति कामदार चीन गए र फर्किए भन्ने तथ्यांक त छैन, तर सबैजसो आयोजना प्रभावित भएका छन्’, अध्यक्ष गुरागाइँले भन्नुभयो । 

लगानीकर्ता, विकासकर्ता, कामदार र उपकरण सप्लायर्स, उपकरण जडान लगायतका सबै कुरामा चीनकै भर पर्नुपरेको उहाँको भनाइ छ ।

‘वर्षामा आयोजनाहरुमा खासै काम हुँदैनन्, काम हुने हिउँद महिनामा कोरोनाले गर्दा मान्छे र सामग्री चीनतिरै रोकिए, यसले गर्दा हाम्रा आयोजनामा निकै प्रभावित भएका छन्,  यसले अर्बौ रुपैयाँको नोक्सानी हुने देखिएको छ’ गुरागाइँले थप्नुभयो । उहाँले कोरोनाले गर्दा भूकम्पमा भन्दा धेरै क्षति बेहोर्नुपरेको पनि बताउनुभयो । 

एक महिनाले गर्दा आयोजनाका काम एक वर्ष पछाडि धकेलिएका र यसले गर्दा बैंकको ब्याज बढ्ने, व्यवस्थापकीय खर्च बढ्ने, समयमा आयोजना नसकिएमा नेपाल विद्युत प्राधिकरणले हर्जाना लगाउने लगायतका समस्या हुने इप्पानको चिन्ता छ । 

प्रसारण लाइन निर्माण र उपकरण आयातमा पनि समस्या

कोरोना भाइरसका कारण प्रशारणलाइन निर्माण, ट्रान्सफर्मर खरिद र अन्य उपकरण आयातमा पनि समस्या परेको छ । यसले प्रशारणलाइन र वितरण आयोजनाका काम प्रभावित भएका छन् । पावर ट्रान्सफर्मर, स्टेशन ट्रान्सफर्मर, स्वीच गेयर, इन्सुलेटर हार्डवेयर लगायतका सामान आयातमा ढिलाई भएको विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले जानकारी दिनुभयो । 

‘चिनियाँ कामदार पनि आएका छैनन, सामान पनि सप्लाइ भएको छैन्, सरकारी  र निजी दुवै क्षेत्र समस्यामा छन्, त्यहाँको भारइस १/२ हप्तामा नियन्त्रणमा आउँछ भन्ने आशा छ, त्यसो भएन भने हामीले वैकल्पिक उपाय सोच्नुपर्छ’, मन्त्री पुनले उज्यालो अनलाइनसँग भन्नुभयो । 

नेपालबाट चीन गएर निरीक्षण गर्नुपर्ने उकपरणको निरीक्षण हुन पाएको छैन । विद्युत प्राधिकरणले चीनमा धेरै उपकरणको अर्डर गरे पनि अहिले आयात रोकिएको र नेपालबाट त्यहाँ कर्मचारी जान पनि नसकेको जनाएको छ ।

‘हामीले गरेका धेरै अर्डर रोकिएका छन्, त्यसैले हाम्रा प्र;fरणलाइन विस्तार र मर्मतमा पनि समस्या देखिएको छ, हाम्रा कर्मचारी इन्सपेक्सनको लागि चीन जान पाएका छैनन्’ प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले उज्यालो अनलाइनसँग भन्नुभयो ।  

जनशक्ति र उपकरण आयातमा भएको ढिलाइले भरतपुर–बर्दघाट २२० केभी प्रशारणलाइनका सामग्री नआउँदा काम रोकिने अवस्थामा पुग्न थालेको छ । 

सरकारले विकल्प खोज्दैछ : उर्जामन्त्री पुन

उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपालको जलविद्युत क्षेत्र अस्तव्यस्त भएकोमा सरकारलाई चिन्तित बनाएको बताउनुभयो । 

‘चिनियाँ कामदार पनि आएका छैनन, सामान पनि सप्लाइ भएको छैन्, सरकारी  र निजी दुवै क्षेत्र समस्यामा छन्, त्यहाँको भारइस १/२ हप्तामा नियन्त्रणमा आउँछ भन्ने आशा छ, त्यसो भएन भने हामीले वैकल्पिक उपाय सोच्नुपर्छ’, मन्त्री पुनले उज्यालो अनलाइनसँग भन्नुभयो । 

आयोजना समयमा नै नसकिएपछिका समस्या समाधानका उपाय र चिनियाँ कामदारबाहेक कसरी काम गर्न सकिन्छ र सामान आयातका अरु बाटोहरु के हुन्छ भन्ने बारेमा अब सरकारले छलफल थाल्ने मन्त्री पुनको भनाइ छ ।

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया